काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार ९७ हजार ३ सय रुपैँयामा कारोबार भईरहेको छापावाला सुन आज ७ सय रुपैयाँले बढेर ९८ हजार रुपैँयामा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने स्थिर रहेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८४ हजार २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८९ रुपैयाँ कायम गरेको छ ।