×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिड सोलु हाइड्रोपावर कम्पनीले बोलायो विशेष साधारणसभा, आइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित हुने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मिड सोलु हाइड्रोपावर कम्पनीले बोलायो विशेष साधारणसभा, आइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित हुने

Artha Sarokar

८ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  मिड सोलु हाइड्रोपावर कम्पनीको विशेष साधारणसभा हुने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित आगामी जेठ २३ गते विशेष साधारणसभा बोलाएको हो । उक्त विशेष साधारणसभा कम्पनीको रजिष्टर्ड कार्यलयमा हुने भएको छ ।

जेठ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विशेष साधारणसभाको निर्णय लिएको हो । आइपिओ निष्कासन प्रयोजनका लागि कम्पनीको हाल कायम चुक्ता पुँजी, अधिकृत पुँजी र जारी पुँजीको संरचना संशोधन हुने भएको छ ।

पुँजी संरचना संशोधनका लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा गर्नुपर्ने आवश्यक फेरबदल सम्बन्धी विशेष प्रस्ताव सभाले पारित गर्ने बताइएको छ । उक्त कार्य सम्पन्न गर्न तथा नियामक निकायमार्फत आएको सुझाव वा निर्देशन अनुरुप कार्य सम्पादन गर्न सभाले कम्पनीको संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायत एजेण्डा पनि अनुमोदन गर्ने भएको छ । कम्पनीले सोलुखुम्बु जिल्लामा ९.५ मेगावाट क्षमताको मिड सोलु हाइड्रोपावर आयोजना निर्माण गर्दैछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी