प्रभु लाइफ इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा सन्तोष प्रसाई नियुक्त भएका छन् । बिमा समितिको स्वीकृतिपछि प्रभुले आगामी ४ वर्षका लागि प्रसाईलाई सीइओमा नियुक्त गरेको हो । प्रभुको जेठ ११ गते बसेको सञ्चालक समिति बैठकले प्रसाईलाई जेठ ११ गतेदेखि नै लागू हुनेगरी सीइओ नियुक्ति गरेको छ ।