×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारणसभा शुक्रबार हुने, १५.७९ प्रतिशत लाभांश वितरण गर्ने मुख्य एजेन्डा

PRIME CA

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारणसभा शुक्रबार हुने, १५.७९ प्रतिशत लाभांश वितरण गर्ने मुख्य एजेन्डा

२७ जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको वार्षिक साधारणसभा भोलि जेठ २८ गते हुने भएको छ । सभा सिद्धार्थ इन्स्योरेन्स भवन, बबरमहलमा भिडियो कन्फरेन्सको माध्यमबाट बिहान ११ बजे हुने भएको हो । सभामा १५.७९% लाभांश वितरण गर्ने मुख्य एजेन्डा पेश हुँदैछ  ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह सम्बन्धी विवरणहरु पनि छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि छ । प्रस्तावित बोनस वितरणपछि भने चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ पुग्नेछ । सभा गर्न जेठ १४ गतेदेखि बुक क्लोज गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: