काठमाडौं । सरकारले कृषि ढुवानीका लागि एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् । त्यसैगरी, सरकारले आत्मनिर्भरताको लागि राष्ट्रिय अभियान वर्ष मनाउने भएको छ । राष्ट्रिय अभियान अन्तर्गत आन्तरिक उत्पादन बढाउनका आत्मनिर्भरताको लागि कृषि उत्पादन कार्यक्रम सञ्चालन गर्ने भएको छ। ग्रामीण क्षेत्रलाई कृषि उत्पादन केन्द्रको रुपमा विकास गर्ने।
किसानलाई सहकार्य र सहकारीसँग सहकार्य गरेर जमिन उपलब्ध गराई कृषि उत्पादन बढाइने र यस क्षेत्रको व्यसायीकरण, आन्तरिकीकरण गरिने अर्थमन्त्रीले बताए ।कृषकहरूलाई सहज तरिकाले मल, बिउ, प्रविधि, सिचाई उपलब्ध गराउनका लागि लघुवित्त मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गरिने समेत उनले बताए । साथै, संकलन केन्द्र निर्माण गर्ने र उत्पादित वस्तुको बजारको व्यवस्था गर्ने भएको छ ।