काठमाडौं । सरकारले विदेशीलाई अपार्टमेन्ट बेच्न पाउने व्यवस्था मिलाएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशीलाई अपार्टमेन्ट बेच्न पाइने व्यवस्था मिलाएको बताएका हुन् । मन्त्री शर्माले १ सयभन्दा बढी युनिटको अपार्टमेन्ट बढीमा २० वटा युनिट विदेशी नागरिकलाई विदेशी मुद्रामा बिक्री गर्न व्यवस्था मिलाएका हुनु् ।
यता सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट बिनियोजन गरेको छ । सरकारले ७५३ स्थानीय तहमा कृषि विज्ञ र देशभरका सबै वडामा कृषि प्राविधिक नियुक्त गर्ने घोषणा गरेको छ । यस्तै प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमका लागि ५ अर्ब ९० करोड र कृषि सुधारका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
सरकारले किसान परिचयको आधारमा सहुलियत र सुविधाहरु उपलब्ध गराउने भएको छ । यसैगरी आगामी वर्ष रसायनिक मलको व्यवस्थापनका लागि १५ अर्ब बजेट छुट्याएको छ । सरकारले कृषि मन्त्रालयलाई ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्