काठमाडौं । आर्थिक वर्ष २०७९/ ८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले किसानलाई स्रोत अभाव हुन नदिनको लागि ५ खर्बको कोष बनाउने घोषणा गरेका छन् । सरकारले किसानलाई कृषि कर्जा दिनको लागि ५ खर्बको लघुवित्त कोष बनाउने घोषणा गरेको छ ।
किसानलाई परिचयपत्रको आधारमा राहत दिने घोषणा बजेटमा उल्लेख गरिएको छ । यस्तै अर्थमन्त्री शर्माले किसानलाई पेन्सन दिने कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् । यसको लागि सरकारले १ अर्ब पुँजीको रुपमा उपलब्ध गराउने भएको छ ।