काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । सोमबार ९८ हजार २ सय रुपैँयामा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले घटेर ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८४ हजार २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८९ रुपैयाँ कायम गरेको छ ।