काठमाडौँ । कहिले सार्वजनिक कार्यक्रममा सेयर बजारलाई जुवा भनेर त कहिले धितोपत्र बोर्डभित्रै गुट बनआएको भन्दै विवादमा आईरहने नेपाल धितोपत्र बोर्डका अध्यक्ष बन्न नसकेका कर्मचारी निरज गिरी पुन: केहि समयका लागि धितोपत्र बोर्ड भित्रने तयारीमा लागेका छन् । उनको कार्यकाल केहि समयमा सकिदैछ । बोर्डको जागिर छोडेर घर जाने बित्तिकै पुन: करारमा नियुक्ति भई बोर्डमै करिब २ बर्ष जागिर खानका लागि उनले अहिले मरिहत्ते गरिरहेको बुझिएको छ । बोर्डकै एक संचालकले अहिले उनी आफ्नो कार्यकालको समय नवीकरण नहुने भएपछी पुन: धितोपत्र बोर्डमा आउनेगरी राजनीतिक दौडधुपमा लागेको दाबी गरेका छन् ।
कार्यकाल सकिएपछि पनि बोर्डमा करारमा जागिर खान निरज गिरीको दौडधुप ! सिधा प्रश्न गर्दा ‘उधुमुन्टे’ जवाफ…
उनले यसो गर्नुका पछाडी भने विभिन्न शंका गर्ने ठाउँहरु रहेको बोर्डकै संचालकहरु बताउँछन् । ‘यसै पनि अध्यक्ष हुन नपाएको मान्छे, त्यसमाथि कार्यकाल सकिएर पनि पुन: बोर्डमै आउन खोज्नु स्वार्थकेन्द्रीत काम भएको बुझ्न गाह्रो छैन । तर उनको नियुक्ति हुन्छ नै भन्ने छैन । तर हुने सम्भावनाचाहिं करिब ८० प्रतिशत छ ।’ ती संचालकले भने- ‘केहि काम बाँकी रहेको भनेर कन्भिन्स गरी गिरीजी बोर्डमा पुन: करारमा आउने सम्भावना ठुलो छ ।’
गिरीको उँधोमुन्टे जवाफ- ‘तपाईंले नियुक्ति गरिदिने भए त हुन्थ्यो क्यार’
‘तपाईं पुन बोर्डमै आउन खोज्नुभएको वा कार्यकाल नवीकरण गर्ने भन्ने कुरा सुनियो नि ! के हो सर ?’ भनी हामीले प्रतिक्रिया माग्दा उनले उँधोमुन्टो लगाउंदै भने- ‘अव तपाईंले नियुक्ति गरिदिने भए त हुन्थ्यो क्यार । त्यसो नहुने होला ।सबै कुरा तपाईंले मात्र पहिला थाहा पाउनुहुँदो रहेछ ।’ अध्यक्षकै कार्यकक्षमा भेटिएका उनले टेडिदै भने -‘कहिले कोसँग डिल गरेको भन्नुहुन्छ, कहिले ५१ वटा सुची नै मैले बनाएको भन्नुहुन्छ ।’ यति भनेर उनी मुन्टो बटारेर हिंडे । यता गिरी पुन करारमा बोर्डमा जाने कुरा सत्य भएको संकेत अर्थमन्त्रालयका अधिकारीले पनि गरेका छन् । अर्थ सरोकारको प्रश्नको उत्तर दिंदै अर्थ मन्त्रालयका एक उच्च अधिकारीले गिरीलाई बोर्डमा काम गर्न दिए केहि समस्या नहुने बताउँछन् । ‘यसै पनि अध्यक्षका प्रत्यासी हुँदै हुन् । राजनीतिक लाइन नपुग्दा र सबैको बन्न खोज्दा अध्यक्ष बन्न पाएनन् । अव दुई बर्ष पनि यहीं जागिर खान्छु भन्दा के नै फरक पर्यो र ?’ ती अधिकारीले भने- ‘औपचारिक प्रस्ताव आएको छैन । आयो र पास भयो भने पनि अन्यथा केहि छैन। ‘