×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी बैंकले ल्यायो डबल धमाका मुद्धती खाता योजना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेञ्चुरी बैंकले ल्यायो डबल धमाका मुद्धती खाता योजना

Artha Sarokar

२४ जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुको हितलाई ध्यानमा राखेर सेञ्चुरी डबल धमाका मद्धती खाता संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन ।

सेञ्चुरी डबल धमाका मद्धती खाता न्यूनतम रु. १०,००० मा नै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकहरुलाई मोबाइल बैंकिंग, भिषा डेबिट कार्ड र एसएमएस एलर्ट निःशुल्क उपलब्ध गराएको छ । साथै यस खातामा साँवा रकमको ८०% सम्म ऋणपनि लिन सकिनेछ । यो खाता बैंकका सम्र्पूण शाखाहरुबाट खोल्न सकिनेछ । आधुनिक बैंकिङ प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १४३ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११५ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

यस खाता सम्बन्धि थप जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np  तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी