काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार ९७ हजार ७ सय रुपैँयामा कारोबार भईरहेको छापावाला सुन आज १५ सय रुपैयाँले बढेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ।
यता चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८५ हजार ५० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।