Skip to content
LAXMI SUNRISE BANK

सोमबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य घटेको छ । आइतबार ९९ हजार २ सय रुपैँयामा कारोबार भईरहेको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर ९८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ।

यता चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८४ हजार ७ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK