×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकको प्रायोरिटी काउन्टर नयाँ बानेश्वरमा संचालन, ग्राहकहरुलाई गुणस्तरीय प्रदान गर्ने लक्ष्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सानिमा बैंकको प्रायोरिटी काउन्टर नयाँ बानेश्वरमा संचालन, ग्राहकहरुलाई गुणस्तरीय प्रदान गर्ने लक्ष्य

Artha Sarokar

१ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ। सानिमा बैंक लिमिटेडले प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट आफ्ना ग्राहकहरुलाई लक्षित गरी संचालन गर्दै आएको प्रायोरिटी काउन्टर मिति २०७९ असार १ गतेदेखि नयाँ बानेश्वर शाखाबाट पनि विस्तार गरेको छ । आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै अझै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि प्रायोरिटी काउन्टर थप गरिएको हो । यस प्रायोरिटी लाउन्जबाट ग्राहकहरुलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्त गरिएको छ ।

नयाँ बानेश्वर शाखास्थित प्रायोरिटी काउन्टरको उद्धघाटन बैंकका प्रायोरिटी ग्राहक, डिल्लीराम अधिकारी र बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाईं संयुक्त रुपमा गरेका थिए । सो समारोहमा डिल्लीराम अधिकारी लगायत अन्य ग्राहकहरुले नयाँ बानेश्वरमा प्रायोरिटी काउन्टर विस्तार गरिएकोमा बधाई तथा धन्यबाद ज्ञापन गरे । साथै बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाईंले बैंकले आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्नका लागि प्रायोरिटी काउन्टर सेवा विस्तार गर्दै लैजाने बताए । सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११८ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी