- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई १४.२५% बोनस सेयर दिने भएको छ । संस्थाको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १४.२५% बोनस र बोनसमा लाग्ने कर तिर्न ०.७५% नगद लाभांश पनि दिने निर्णय गरेको हो । करसहित लगानीकर्ताले कुल १५% लाभांश पाउनेछन् ।
उक्त लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । संस्थाले अघिल्लो वर्ष १०% बोनस सेयर र ५% नगद गरी कुल १५% नै लाभांश वितरण गरेको थियो ।