×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअप र दुई गुणा बढी सेक्योरिटी अपडेटको साथ नोकिया जी २१

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअप र दुई गुणा बढी सेक्योरिटी अपडेटको साथ नोकिया जी २१

Artha Sarokar

३ असार २०७९, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । नोकिया फोनेको उत्पादक तथा वितरक HMD ग्लोबलले नोकिया जी सिरिज अन्तर्गत नयाँ नोकिया जी २१ सर्वजनिक गरेको छ । सर्वाधिक टिक्ने ब्याट्रीको लागि विश्व प्रसिद्ध यो ब्रान्डले भर्खरै लन्च गरेको एन्ड्रोइड स्मार्टफोनमा पनि तिन दिन सम्म टिक्ने ब्याट्री लाईफ रहेको छ । सुपर ब्याट्री सेभर मोडको सुविधा भएका यी फोनहरु सेक्योरिटी अपडेटहरू सहित सुपथ मुल्यमा उपलब्ध रहेका छन् ।

एशिया प्यासिफिक र चाइनाको लागि एचएमडी ग्लोबलका भाइस प्रेसिडेन्ट रवि कुँवरले भने, ”मिड रेन्ज सेग्मेन्टमा नोकिया फोनहरु जहिले पनि सबैको रोजाइमा पर्न सफल भएका छन् । प्रिमियम स्लीक नाँर्डिक डिजाइनमा आउने यी फोनहरुको ब्याट्री पनि धेरै टिक्ने भएकैले आफ्नो सबै कामहरु आराम साथ गर्न सकिन्छ । बनावट मात्र बलियो नभै यसको ओयस् र सेक्युरिटी पनि उत्तिकै भरपर्दो रहेको छ । ओयस् मा २ वर्ष र सेक्युरिटी अपडेटमा ३ वर्ष सम्म गर्न मिल्ने हुनाले धेरै पछि सम्म पनि नयाँ फोन चलएको आभास हुन्छ ।”

मोबाइल प्रविधिमा लामो समय सम्म टिकाउ र अतुलनीय सुरक्षा

महत्त्वपूर्ण डेटा सुरक्षित राख्नको लागि अरु स्मार्टफोनको तुलनामा दुई गुणा धेरै सुरक्षा अपडेटहरू सहित आएको यो नोकिया जी २१ मा मास्क मोड पनि रहेको छ जसले फेस मास्क लगाइको स्थितिमा पनि फेस पहीचान गरी अनलक गर्न सक्छ । एन्ड्रोइड १२ संस्करण भएको यस फोनमा अहिलेका नवीन्तम सुविधाहरू सबै सहजै उपलब्ध छन् ।

बेस्ट इन क्लास एक्स्पिरिएन्सको लागि प्री लोडेड Spotify र एक्सप्रेस VPN सहित आउने यस फोनमा उपभोक्ताहरुले ७० मिलियन सम्म गीतहरु र ३.२ मिलियन पोडकास्टहरु सुन्न सकिन्छ । साथै सबै नयाँ नोकिया फोन प्रयोगकर्ताहरुको लागि एक्सप्रेस VPN ३० दिनको ट्राएल पिरियड सम्म फ्री छ ।

दिनभरि सक्रिय रहनको लागि लामो ब्याट्री ब्याकअप

३ दिनको ब्याट्री ब्याकअपको साथ आउने यो फोनेले अब आफ्नो फोनमा कति ब्याट्री छ भनेर चेक गरिरहनु पर्ने झन्झट र तनाव बाट मुक्त गरिदिएको छ । चाहे परिवारसँग रमाइलो पलहरु कैद गर्न होस् वा आफुलाई मनपर्ने कार्यक्रमहरू हेर्न होस् नोकिया जी २१ ले दिनभरि सक्रिय रहन मद्दत गर्छ । आफ्नो ब्याट्री लामो समय सम्म विस्तार गर्नको लागि सबै नयाँ सुपर ब्याट्री सेभर मोड अन गर्ने र आवश्यकता अनुसार नोकिया जी २१ मा भएको यो सुविधा जुनसुकै बेला अन गर्न सकिन्छ । सथै जति खेर पनि सुइच् गर्न सकिने सुपर ब्याट्री सेभर मोडमा आफुलाई चाहिने फिचरहरु मात्र चलाएर तिन दिन भन्दा पनि धेरै लामो समय सम्म ब्याट्री बचाउन सकिन्छ ।

उत्पादकता वृद्धिको लागि फास्ट रेस्पोन्स्

जी—सिरिजमा पहिलो पटक ९० Hz को पावर सहित स्क्रोलिङ र टाइपिङ अझ बढी सजिलो हुनुको साथै तस्बिरहरु पनि प्रस्ट देखिन्छ ।

नोकिया जी २१ सँग उत्कृष्ट फोटोग्राफी

भर्साटाएल ट्रिपल–लेन्स क्यामेराहरूको साथ आएको यो फोनबाट उत्कृष्ट गुणस्तरको फोटो खिच्न सकिन्छ । कम प्रकाशमा पनि सुन्दर डिटेलहरु क्याप्चर गर्न मिल्ने यी लेन्सहरुको बेलुकाको समयमा पनि सुन्दर सेल्फी लिन सकिन्छ । त्यस्तै यसमा भएको एआई सुपर रेसोलुसनले फोटोको लागि उत्कृष्ट जूम क्वालिटी प्रदान गर्दछ ।

नयाँ डिजाइन तर उस्तै गुणस्तरीय फिनिश मजबूती भएको

नयाँ डिजाइनको साथ एर्गोनोमिक र पातलो डिजाइनमा आएको यो नयाँ फोन कडा पोलीकारबोनेटले बनेको हुँदा अत्यन्तै मजबुत रहेको छ । फोनको सुरक्षा र मनको शान्तिको लागि यी फोनहरुमा क्लियर केस पनि आउछन् जसले फोनको नयाँ डिजाइन पनि देखिन्छ र सुरक्षित पनि हुन्छ । सबै भन्दा राम्रो कुरा त यो फोन पूर्णतय रिसाइकल गरिएको सामानहरु बाट बनेको छ र बिग्रे पछि पनि यो सेटलाई रिसाइकल गर्न मिल्छ ।

मूल्य र उपलब्धता

६/१२८ GB को स्टोरेजमा उपलब्ध यो फोनको मूल्य रु. २२,९९९ रहेको छ । ब्लू र डस्क रंगमा उपलब्ध नोकिया जी २१ नेपालभरिका सम्पूर्ण रिटेल स्टोरहरुमा उपलब्ध छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी