काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार ९७ हजार ८ सय रुपैँयामा कारोबार भईरहेको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८३ हजार ५ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।