×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकद्वारा १५ औँ शाखा रहित बैंकिङ सेवा सञ्चालन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कामना सेवा विकास बैंकद्वारा १५ औँ शाखा रहित बैंकिङ सेवा सञ्चालन

६ असार २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९ साल अषाढ ५ गते आइतबारबाट नवलपरासी जिल्लाको कावासोती न.पा वडा नं ७ साँढमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

कावासोती न.पा वडा नं ७ साँढमा बस्ने भीमा भुर्तेललाई शाखा रहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडा नं. ०७ का वडा अध्यक्ष गोविन्द प्रसाद महतोले उक्त शाखा रहित बैंकिङ सेवाको समुद्धघाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा कावसोती न.पा वडा नं ७ का वडा सदस्य रुद्र बहादुर बस्नेत, पुर्व वडा सदस्य विष्णु प्रसाद काफ्ले र साहित्यकार  सदानन्द जैसी लगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीय ग्राहकहरुको उपस्थिती रहेको थियो ।

शाखा रहित बैंकिङ मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवम् बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी