×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कुन रुटको कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कुन रुटको कति ?

Artha Sarokar

६ असार २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक यातायातको भाडा पनि बढेको छ । यातायात व्यवस्था विभागले असार ६ गतेदेखि लागू हुने सार्वजनिक यातायातको भाडा बढाएको हो । विभागले ७.७ प्रतिशतसम्म भाडा बढाएको छ ।

मूल्य समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था अनुसार भाडा बढाइएको विभागले जनाएको छ । पछिल्लो मूल्य समायोजनामा आधार लिइएको मूल्यभन्दा १६.३६ प्रतिशतले इन्धनको मूल्य बढेकाले भाडा बढाइएको हो ।

विभागले यात्रुबाहक सवारीमा ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सावरी साधनमा ६.९४ प्रतिशत र तराईको बोटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ७.७ प्रतिशतले बढाएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी