×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा कार्यालय परिसरमा रहेको शौचालयलाई सार्वजनिक बनाउने निर्णय

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा कार्यालय परिसरमा रहेको शौचालयलाई सार्वजनिक बनाउने निर्णय

७ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लि.ले आफ्नो केन्द्रिय कार्यालय, बालुवाटार, काठमाडौं परिसरमा रहेको शौचालय सार्वजनिक शौचालयको रुपमा सर्वसाधारणलाई नि:शुल्क प्रयोग गर्न दिने गरी महानगरपालिका सँग सम्झौता गरेको छ। सो सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र काठमाडौं महानगरपालिकाको मातहतमा रहेको सार्वजनिक निजी साझेदारी एकाईका तर्फबाट नुर निधि न्यौपानेले हस्ताक्षर गरेका छन् ।

बैंकको यस निर्णयले सर्वसाधारण नागरिकलाई सहजताका साथ शौचालय उपलब्ध गराउने काठमाडौं महानगरपालिकाको प्रयासमा सहयोग पुर्याउने विश्वास बैंकले लिएको छ । केन्द्रीय कार्यालय बिहान ९.३० बजे देखि ५ बजे सम्म मात्र खुल्ला रहने भएकाले उक्त समयमा यस कार्यालयको परिसरमा रहेको शौचालय सर्वसाधारणले प्रयोग गर्न सक्ने भएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी