काठमाडौँ। नेपाल एसबिआई बैंकले धनवृद्धि योजना अन्तर्गत ग्राहकले जम्मा गरेको रकम ६ वर्ष ६ महिनामा २ गुणा तथा १० वर्ष ३ महिनामा ३ गुणा भन्दा बढी प्रतिफल दिने मुधति खाता सन्चालनमा ल्याएको छ । उक्त खातामा ब्याज सावाँमा पूँजीकृत हुँदै परिपक्वता पश्चात एकमुष्ठ रकम भुक्तानी हुनेछ।
बैंकले ग्राहकहरुलाई खातामा रहेको सावाँ रकमको ९० प्रतिशतसम्म ऋण दिन सकिनेछ । यो योजना नेपाल एसबिआई बैंकको कुनै पनि शाखाबाट लिन सकिनेछ। साथै संस्थाको हकमा जम्मा गरेको रकम ७ वर्षमा २ गुणा तथा ११ वर्ष ३ महिनामा ३ गुणा हुनेछ ।