काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार ९७ हजार २ सय रुपैँयामा कारोबार भईरहेको छापावाला सुन आज १ सय रुपैयाँले बढेर ९७ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ।
यता चाँदीको मूल्य पनि ५ रुपियाँले बढेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८३ हजार ४ सय २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।