×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मानुषी लघुवित्तद्वारा वैतेश्वर माध्यामिक विद्यालयमा शैक्षिक सामग्री वितरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मानुषी लघुवित्तद्वारा वैतेश्वर माध्यामिक विद्यालयमा शैक्षिक सामग्री वितरण

Artha Sarokar

१३ असार २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

दोलखा । मानुषी लघुवित्तले शैक्षिक सामग्री वितरण गरेको छ । लघुवित्तले गत शुक्रबार एक कार्यक्रम आयोजना गरी नाम्दु–६, वैतेश्वर, दोलखा स्थित वैतेश्वर माध्यामिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको हो ।

उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यको उपस्थितिमा शैक्षिक सामग्रीहरु वितरण गरिनुका साथै वित्तीय साक्षरता कार्यक्रम पनि संचालन गरिएको थियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको थियो ।

नेपाल राष्ट्र बैंकबाट घ वर्गको ईजाजत प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाको काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको छ । चालु आर्थिक वर्षमा नै आईपिओ निष्काशन गरेको संस्थाले देशभरी ३४ शाखाहरुबाट १४८ कर्मचारीमार्फत सर्वसाधारणलाई सेवा प्रदान गर्दै आएको जानकारी कार्यकारी प्रमुख शोभा बज्राचार्यले दिएका छन् ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी