काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताहरुको आकर्षण बढिरहेका बेला काठमाडौंको चावहिलस्थित टेक्सस् कजेलमा सेयर तालिम सम्पन्न भएको छ । अर्थ सरोकारको आयोजनामा सो तालिम आयोजना भएको हो ।
कार्यक्रममा २०० बढी सहभागीहरु उपस्थित थिए । सो तालिममा सुबास चन्द्र भट्टराईले आफ्नो प्रस्तुती दिएका थिए भने कार्यक्रममा अर्थ सरोकारका सम्पादक सुरज प्याकुरेल सहजकर्ताका रुपमा थिए ।
कार्यक्रमपछि लगानीकर्ताले सेयर तालिम निकै उपयोगी भएको बताएका थिए । अर्थ सरोकारले यहि साउन १ गते काठमाडौँमा पनि यस्तै सेयर तालिम संचालन गर्दैछ । सो निःशुल्क तालिममा सहभागी हुन अर्थ सरोकारको मोबाइल एप डाउनलोड गरी सेयर ट्रेनिङ लेखिएको ठाउँमा गई आफ्नो नाम दर्ता गराउन सकिनेछ ।
हेरौं कार्यक्रमका खास झलक