×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी डिबेन्चर २०८८ नामक ऋणपत्र नेप्सेमा सुचिकृति, १०.५० प्रतिशत व्याजदर पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेञ्चुरी डिबेन्चर २०८८ नामक ऋणपत्र नेप्सेमा सुचिकृति, १०.५० प्रतिशत व्याजदर पाइने

Artha Sarokar

१७ असार २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच १० वर्ष अवधि तथा वार्षिक १०.५०% व्याजदर भएको “सेञ्चुरी डिबेन्चर २०८८” डिबेन्चर ऋणपत्र  (CCBD88 ) को सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सर्वसाधारण समक्ष धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि विक्री आव्हान गरेको थियो । सर्वसाधारणमा वितरण गरिएको २२,००,००० थान ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति २०७९/०३/१५ गतेको निर्णयानुसार उक्त ऋणपत्र स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण गरिएको छ ।

अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी