×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थनगर सिटी अस्पतालबीच सम्झौता, ग्राहकहरुलाई १० प्रतिशत छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थनगर सिटी अस्पतालबीच सम्झौता, ग्राहकहरुलाई १० प्रतिशत छुट

Artha Sarokar

१७ असार २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पताल बीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिद्धार्थनगर सिटी अस्पताल बीच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहकहरु तथा बैंकका कर्मचारीहरुलाई सिद्धार्थनगर सिटी अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । ओपिडी टिकट, ल्याव शुल्क, एक्सरे, भिडियो एक्सरे, बेड चार्ज जेनेरल, फिजियो थेरापीमा १० प्रतिशत र बेड/क्याविन चार्जमा ५ प्रतिशत छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा सिद्धार्थनगर सिटी अस्पताल का तर्फबाट प्रवन्ध निर्देशक अर्जुन पौडेल र बैंकको तर्फबाट भैरहवा शाखा प्रमुख प्रकाश गौतमले हस्ताक्षर गरका थिए। सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४५ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी