काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले चीनका लागि नवनियुक्त राजदूत विष्णु पुकार श्रेष्ठसंग भेटवार्ता गरेको छ । श्रेष्ठसंग भएको भेटबार्ताका क्रममा नेपाल चीन व्यापार सहजीकरण गर्ने विषयमा छलफल भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको हो । चीनका लागि नवनियुक्त राजदूत श्रेष्ठसंग चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीच भन्सार सहजिकरण मार्फत नेपालको निर्यात बढाउनुपर्नेमा जोड दिएका थिए ।
भेटका क्रममा चीनले गरेको अघोषित नाकाबन्दीको चर्चा पनि उठेको थियो । यस विषयमा नवनियुक्त राजदुतले आफुलाई यस विषयमा थाहा भएको र सो समस्यालाई समाधान गर्न आफु लागि पर्नेसमेत बताएका थिए । बिगत लामो समयदेखि नेपालमा चीनबाट निश्चित सामानहरुमात्र आयात भईरहेका छन् भने स्थानीयले चीनको यस्तो कामलाई अघोसित नाकाबन्दी भनेका छन् ।
नेपाल चीन वीच केरुङ भएर हुन व्यापारमा अनावश्यक खर्चहरु आयात कर्ताले व्यहोर्नु परेकोले व्यावसायीक लागत अत्यधिक रुपले वढन गएकोप्रति अध्यक्ष मल्लले राजदूत श्रेष्ठको ध्यानाकर्षण गराएका थिए । सीमा नाकामा हुने अनावश्यक खर्चलाइ हटाउन र भन्सार तथा परिवहन प्रकृयालाइ सहज गर्न पनि अध्यक्ष मल्लले आग्रह गरेको बताइएको छ ।
नवनियुक्त राजदूत श्रेष्ठले आफ्नो कार्यकालमा दुई मलुकबीचको आर्थिक र कुटनीतिक सम्वन्धलाई उच्चस्तरमा पुयाउन आफुले अधिकतम पहल गर्ने बताएका थिए । भन्सारमा व्यापार सहजिकरण गरि नेपालमा उत्पादित बस्तुहरुको निर्यातका लागि पहल गर्ने श्रेष्ठको आश्वासन थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्