×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘तरलता संकट, कोभिडले निम्त्याएको जर्जर अवस्था, अन्तराष्ट्रिय परिवेश र अवको मौद्रिक नीति’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘तरलता संकट, कोभिडले निम्त्याएको जर्जर अवस्था, अन्तराष्ट्रिय परिवेश र अवको मौद्रिक नीति’

प्रवीण बस्नेत

१९ असार २०७९, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले देशको अर्थतन्त्रलाई ठुलो प्रभाव पार्छ । मौद्रिक नीति कस्तो आउँछ भन्ने कुराले अव देशको अर्थतन्त्र कता जान्छ भन्ने कुराको बाटो देखाउँछ । कुनै बैंक तथा वित्तीय संस्था वा सेयर बजारमा के हुन्छ भन्दा पनि मौद्रिक नीति अर्थतन्त्रकै एउटा महत्वपूर्ण पाटो हो । र हामीले लगानी गर्दा पनि समग्र अर्थतन्त्रलाई, अर्थतन्त्रको आवश्यकता के छ भन्ने कुरालाई मध्यनजर गरेर अगाडी बढ्नुपर्छ ।
विगत दुई बर्षदेखि देशलाई कोभिड महामारीले नमज्जासँग असर गरेको छ । देशका अधिकांस व्यापार, व्यवसायहरुको स्थिति जर्जर छ । कोभिडले सबैजसोको आर्थिक स्थितिमा केहि संकुचन ल्याएको अवस्था छ । अर्कोतर्फ तरलता संकटको समस्याले सबैलाई अफ्ट्यारोमा पारेको छ । बैंकहरुको ‘सरप्लस’ एकदम कम भएको अवस्था छ । कोभिडले यस्तो गाह्रो बनाएका बेला युक्रेन र रसियाको द्वन्दले झन् पूर्ण विश्वलाई नै प्रभावित बनाएको छ । विश्वभर आर्थिक रुपमा धेरै देशहरुमा समस्या देखिएको छ । विश्वभर महंगी बढेको छ । ‘सप्लाई चेन’ नै प्रभावित बनेको छ ।
यसैबीच श्रीलंकाको आर्थिक स्थितिले झन् सबैलाई सोच्न बाध्य बनाएको छ । पाकिस्तानको अर्थतन्त्र पनि सोचेजस्तो राम्रो भएको छैन । बंगलादेश र भारतजस्ता देशको अर्थतन्त्र हेर्दा हामी एकदम ‘क्रिटिकल’ बेलामा छौं भन्ने बुझ्न गाह्रो छैन । यस्तो बेलामा आउने देशको मौद्रिक नीति पक्कै पनि ‘च्यालेञ्जिङ’ छ । र त बिकास बैंकको एउटा सीइओ भएको नाताले एक खालको अपेक्षा होला, तर अर्थतन्त्रलाई के चाहिएको छ भन्ने कुरा बढी महत्वपूर्ण छ यतिबेला ।  हामी सबैले ‘लक्जरी’लाई प्राथमिकता नदिएकै राम्रो हो यतिबेला ।
र त आयात हुने वस्तुहरुमा सबैलाई चाहिने खालको मात्र बस्तु आयात हुनुपर्छ भन्नेतर्फ मौद्रिक नीतिले पक्कै पनि सम्बोधन गर्छ ।  मौद्रिक नीतिले गाह्रो परेका उद्योगी, व्यवसायीहरुलाई पनि सम्बोधन गर्नुपर्छ र देशको अर्थतन्त्रलाई पनि सहि बाटोतर्फ लैजान सक्नुपर्छ । सँगै बैंक तथा वित्तीय संस्थामात्र होइन, अर्थतन्त्रका हरेक हिस्साहरुलाई मौद्रिक नीतिले सम्बोधन गरेमात्र देशको अर्थतन्त्र सहि दिशातर्फ लाग्छ । र त सन्तुलित मौद्रिक नीतिको विकल्प छैन ।
देशमा तरलता संकट चुलिएको छ । यो बेला हामीले ‘रियालिस्टिक’ हुन जरुरी छ । कतिपय स्थिति हाम्रो नियन्त्रण भन्दा बाहिर छ भन्ने कुरा हामीले बुझ्नुपर्छ । रेमिट्यान्सको ठुलो हिस्सा च्यानल भन्दा बाहिर छ भन्ने तथ्य मनन गरेर हामीले सकेसम्म कसरी सो पैसा हाम्रै बैंकिङ च्यानलबाट ल्याउन सक्छौँ भन्ने कुरा सोच्न र मनन गरेर अगाडी बढ्न जरुरी छ । विदेशमा रहेका नेपालीहरुले नेपालमा पैसा जम्मा गर्दै गर्दा सो पैसालाई बढोत्तरी गरेर कसरी पैसा फिर्ता लैजान सक्छन् भन्नेतर्फ पनि हामीले सोच्न जरुरी छ ।
बैदेशिक लगानीलाई भित्र्याउन हामीले गर्नुपर्ने कुराहरु के के हुन्, त्यो गरिहालेर सरकारले गर्नुपर्ने खर्च पनि समयमा गर्न के के गर्नुपर्छ भन्ने तथ्य मनन गर्दै त्यसको कार्यान्वयनतर्फ लैजान आवश्यक छ ।  रेमिट्यान्सलाई प्रमोट गर्नुको विकल्प छैन । सबै पैसा च्यानलबाट आउने हो भने तरलता समस्या समाधान हुन समय लाग्दैन । तर त्यसका लागि सरकारीस्तरबाट राम्रो गृहकार्य जरुरी छ ।
समग्रमा भन्दा रेमिट्यान्सलाई प्रमोट गर्नेगरी, रेमिट्यान्स च्यानलमार्फत नै नेपाल ल्याउने गरी, बिलासिताका समानहरुको आयातलाई निरुत्साहित हुनेगरी, आफ्नै उत्पादनलाई प्रोत्साहन गर्नेगरी, कोभिडले निम्त्याएका सबै समस्याहरुको सम्बोधन हुनेगरी र तरलता समस्याको समाधानका खातिर सहि अर्थमा काम हुनेगरी मौद्रिक नीति आउनुपर्छ । आजको अर्थतन्त्रको मुख्य चुनौति र आवश्यकता दुवै यहि हो ।
(अर्थ सरोकारकर्मी सुदर्शन श्रेष्ठसँग गरिएको कुराकानीमा आधारित) 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी