काठमाडौँ । केहि समय अगाडी इन्साडर ट्रेडिङ प्रकरणमा सार्है विवादित बनेको कम्पनी अजोड इन्स्योरेन्सले बीमा गर्ने, प्रिमियम पनि असुल्ने तर क्षति हुँदा क्षतिपूर्ति नदिने गरेको तथ्य बाहिरिएको छ । दमकमा रहेको एक कम्पनीले आफुले भन्डारण गरेको आलुको बीमा गरेको तर बर्खामा परेको ठुलो पानीका कारण हजारौं बोरा आलु क्षति हुँदा पनि कम्पनीले बीमाबापतको रकम भुक्तानी नगरेपछि अहिले किसानका प्रतिनिधि, सो कम्पनीका प्रतिनिधिसहितको टोली संघर्षका लागि काठमाडौँ आइपुगेको छ । कम्पनीले सबै कागजात र प्रक्रिया पूरा गर्दा पनि क्षतिवापतको भुक्तानी दिन आलटाल गरेपछि पीडीतले इन्स्योरेन्स कम्पनीविरुद्ध बीमा समितिमा उजुरी गरेको थियो ।
तर सो कम्पनीका सीइओ नै बीमा रकम भुक्तानी गर्नुको सट्टा बीमा कम्पनीका कार्यकारी निर्देशक र अध्यक्षसँग विभिन्न ठाउँमा घुमघाम गर्न थालेको र कुनै पनि हालतमा बीमा रकमको भुक्तानी नगर्ने बदनियत बोकेर हिंडेको आरोप लगाउँदै अहिले संघर्ष समिति ‘अन्तिम लडाई’का लागि भन्दै काठमाडौँ आइपुगेको छ । सो टोलीले अजोड इन्स्योरेन्सको बदमासी र कम्पनीले बीमितलाई दिएको दु:ख बारे विभिन्न निकायमा समेत जानकारी दिइसकेका छन् । सोमबार बीमा समितिले उनीहरुलाई निर्णायक वार्ताका लागि भनेर बोलाएको छ । आज पनि कम्पनीले बीमावापतको रकम भुक्तानी नगरे उनीहरु कम्पनीको मुख्य कार्यालयमा नै तालाबन्दी गर्ने रणनीतिमा छन् ।






भएको के हो ?
श्री शान्ति कोल्ड स्टोर प्रालि नामक आलुको बिउ भण्डारण गर्ने कम्पनीमा रहेका हजारौं बोरा आलुको कम्पनीले अजोड इन्स्योरेन्समार्फत बीमा गराएको थियो । कम्पनीमा भण्डारण भएका आलु र कम्पनीको भवनको सम्पत्ति बीमावापत छुट्टाछुट्टै बीमा रकम कम्पनीले अजोडलाई बुझाएको छ । सो कम्पनीले किसानका लागि आवश्यक आलुको बिउको भण्डारण गर्ने काम गर्छ । सो कम्पनीले अजोडलाई नियमित प्रिमियम पनि तिर्दै आएको थियो ।
तर बेसिजनको ठुलो झरीका कारण भण्डारभित्र पानी पस्यो, र धेरै आलुहरु बिग्रिए । अजोडले बीमा गर्दा बखत पनि सो भण्डार हेरेर स्थिति सबै ठिक छ भनेको थियो । बेसिजनमा ठुलो झरी, त्यो पनि निरन्तर थुप्रै दिन परेपछि काबुबाहिरको परिस्थिति भएकाले कम्पनीले गर्न सक्ने केहि पनि थिएन । हजारौं बोरा आलुहरु कुहिए । किसानहरुले रोप्नका लागि भण्डारण गरेको आलु बिग्रिएपछि किसानलाई त्यसवापत क्षतिपूर्ति तिर्नुपर्ने नै भयो ।यस्तै जोखिम कम गर्न गरिएको बीमाबाहेक अव कम्पनीसँग कुनै पनि साहारा रहेन । त्यसपछि आफ्नो क्षतिको क्षतिपूर्तिका लागि कम्पनीले अजोडमा मागदाबी गर्यो ।
सुरुमा कम्पनी यस विषयमा सकारात्मक नै थियो । कम्पनीले सर्भेयरलाई पठायो र सर्भेयरले पनि ठुलो क्षति भएकाले बीमा रकम पाइने कुरामा कुनै पनि शंका नरहेको बताए । बल्ल बल्ल पठाइएका ती सर्भेयरले धेरै कुरा हेरेनन्, बरु मिठा कुरामात्र गरेर फर्किएको भनाई पीडीतको छ । पीडीतका अनुसार एउटा क्यामरा र एक जना मान्छे मात्र गएपनि आफु निकै अनुभवी रहेको र बीमा रकम आउने नै केस भएकाले चिन्ता नलिन ती सर्भेयरले भनेका थिए ।





बीमा भुक्तानी नदिने बदनियत कि अनावश्यक बखेडा ?
केहि समयपछि बीमा कम्पनीले अनेक बखेडा झिकेर बीमा रकम नदिने संकेत गर्न थाल्यो । सुरुमा कम्पनीले तपाईंको मात्र निवेदनले भएन, स्थानीय निकायको पनि सिफारिस चाहिन्छ भयो, कम्पनीले सिफारिस पनि दियो । सो सिफारिसले मात्र पनि पुगेन, जो किसान वा किसानको समूहको आलु बिग्रिएको हो, उनीहरुको निवेदन चाहिन्छ भन्यो । कम्पनीले सो कागज पनि उपलब्ध गरायो । अरु त अरु, कम्पनीले जहाँका किसानको आलु त्यहाँ राखिएको थियो, त्यहाँको सम्बन्धित पालिकाको पनि सिफारिस माग्यो । क्षति भएको प्रष्ट हुँदा सबै पालिकाले सिफारिस पनि गरिदिए । तर अन्त्यमा फेरी कम्पनीले कोठामा पानी पसेको र कोठाको तापक्रम नमिल्नु भनेको बीमा रकम दिने केस होइन भनिदियो । जवकि बेसिजनको झरी बाढी, पहिरोझैं भवितव्य थियो । बेसिजनमा आएको झरी कसैको काबुभित्रको कुरा पनि थिएन । तर कम्पनीले अनेक जोडबल गर्दा पनि बीमा रकमको भुक्तानी दिएन ।
यता किसानले क्षतिपूर्ति मागिरहे, यता कम्पनीले बखेडा झिकिरायो । स्थानीय नेताहरुले पनि अजोडको बदमासी देखेर कतिपटक त कम्पनीका प्रतिनिधिसँग पनि कुरा गरे । तर कम्पनीले कसैलाई सम्पत्ति बीमा हो, आलु बीमा होइन, भनिदिने, कतिलाई बीमा नै छैन भनिदिने, कतिलाई मिलाउँदैछौँ भनिदिने गर्न थाले । सुरुमा कागज पुगेन भनेको कम्पनीले सबै कागज पुगेपछि अरु खालका बखेडा झिकेको पीडीतको तर्क छ । कम्पनीले यसरी लामो समयसम्म बीमावापतको रकम दिएन र कम्पनीलाई झुलाईरह्यो । कम्पनीले अति होइन अत्याचार नै गरेपछि कम्पनीले अजोडविरुद्ध बीमा समितिमा उजुरी गर्यो । तर बीमा समितिले पनि अजोडको प्रभावमा परेर आफ्नो केस फाइनल नगरिदिएको बरु सोहि पक्षसँग अहिले विभिन्न ठाउँमा अजोडका सीइओ घुम्न हिंडीरहेको पीडीतको तर्क छ ।
यो बीचमा अजोड कम्पनीको स्थानीय शाखा ताला लगाउने कुरा पनि भएको थियो । संघर्ष समिति कम्पनीसँग यति रुष्ट छ कि उनीहरु पाउनुपर्ने बीमा रकमका लागि जे पनि गर्न आफुहरु तयार भएको बताईरहेका छन् । तर स्थानीय शाखाका अधिकारीहरुले पनि आफुहरु कामदार मात्र भएको, सो केस बीमा रकम आउनुनै पर्ने केस रहेको र आफ्नो कम्पनीले यसरी धेरैलाई दुख दिने गरेको बताएपछि उनीहरु अहिले अन्तिम लडाईका लागि भन्दै काठमाडौँ आइपुगेका छन् ।

‘वार्तामा बोलाएका छौं, निरन्तर संवाद चलिनै रहेको छ’ : बीमा समिति
यो केस लिएर अर्थ सरोकारमा पीडीतहरु आएको थाहा पाएपछि अजोड इन्स्योरेन्सका प्रमुख पनि हाम्रो सम्पर्कमा आउन खोजिरहेका छैनन् । उनलाई हामीले पटक पटक यस विषयमा बुझ्न खोज्दा पनि उनी हाम्रो फोन नै उठाईरहेका छैनन् । यता बीमा समितिका अधिकारीहरुले भने बीमा कम्पनीसँग बाहिर हल्ला चलेजस्तो आफ्नो साँठगाँठ नभएको र दुवै पक्षलाई वार्तामा बोलाइएको बताएका छन् । ती अधिकारीका अनुसार यसअघि पनि बीमा समिति र पीडीत पक्षबीच वार्ता भएको थियो । तर वार्ताका क्रममा दुवै पक्षले आफ्नो अडान नछोडेकाले कुरा मिल्न सकिरहेको छैन । यसो त यता पीडीत पक्षले बीमा समितिका एक अधिकारीले लाउड स्पिकर बनाएर अजोडका सीइओ कुमार बहादुर खत्रीलाई फोन गरेको र खत्रीले , ‘यसो त्यतैबाट मिलाएर पठाईदिनु न’ भनेको गुनासो गरेका छन् । ‘हामी काठमाडौँमा आन्दोलन गर्न आउने र बीमा समितिका अध्यक्ष र कार्यकारी निर्देशक नै त्यहि विवादित अजोड इन्स्योरेन्सका हाकिमसँग घुम्न जानुलाई हामीले कसरी बुझ्ने ? भुक्तानी नै नदिने हो भने बीमा किन गरेको ? बीमा रकम किन असुलेको ?’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्