×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँ उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा संचालनमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

काठमाडौँ उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा संचालनमा

Artha Sarokar

२० असार २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । १५ बर्ष देखी अनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पुर्याउदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १७५औँ, १७६औँ तथा १७७औँ शाखा काठमाडौँको ठूलो भर्याङ्ग, थली र बुढानिलकण्ठमा गरी थप ३ वटा शाखाहरु संचालनमा ल्याएको छ। यससँगै काठमाडौँ उपत्यका भित्र यस बैंकको ३२ वटा शाखाहरु संचालनमा रहेका छन् । सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

साथै ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु सरल र सहज तवरले प्रवाह होस् भन्ने अभिप्रायका साथ बैंकले हालसालै काठमाडौँको नारायण गोपाल चोक शाखा, नवलपरासीको अमरापुरी शाखा, रुपन्देहीको बाँसगढी शाखा र हुम्ला जिल्लाको सिमिकोट शाखा गरी ४ वटा शाखा स्थानान्तरण गर्ने कार्य समेत सम्पन्न गरिसकेको छ।आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्दै आएको यस बैंकले प्रमुख वित्तीय सूचकहरू नियामक निकायले तोकेको सिमा भित्र कायम गरेको छ । रु १ खर्ब ४८ अर्ब निक्षेप संकलन गरि रु १ खर्ब ३४ अर्ब कर्जा प्रबाह गरि करिब १४ लाख ग्राहकहरुलाई अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ । त्यसै गरि कर्जा निक्षेप अनुपातका सँगै अन्य वित्तीय परिसूचकहरु पनि नियमक निकायले तोकेको सिमा भित्रै कायम गरेको छ ।

साथै आधुनिक बैंकिङ प्रणालिलाई सधै प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंकले यस अघि नै कियोस्क (Kiosk), ई.के.वाई.सी.(E-KYC) तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ । साथसाथै, यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्धश्यले ग्राहक साहायता केन्द्र (Customer Support Centre) को समेत स्थापना गरिसकेको छ । जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन 01-5970068 नम्बरमा फोन गरी तथा [email protected]  मा ईमेल गरी प्राप्त गर्न सकिन्छ ।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७७ वटा शाखा, १२९ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी