×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईबिएल एस क्यापिटलले ल्यायो आकर्षक योजना, आजीवन डिम्याट र मेरोसेयर नविकरण गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईबिएल एस क्यापिटलले ल्यायो आकर्षक योजना, आजीवन डिम्याट र मेरोसेयर नविकरण गरिने

Artha Sarokar

२० असार २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा सम्पूर्ण लगानीकर्ताहरुमाझ विभिन्न आकर्षक योजनाहरु २०७९ साल बैशाख १ गते देखि २०७९ साल असार १७ गते सम्म ७९ दिनको लागि लागु गरिएको थियो । अतः सो योजना गत शुक्रबार असार १७ गते समाप्त भएको छ । क्यापिटलले ग्राहकहरुले देखाएको उत्साहजनक सहभागीतालाई मध्यनजर गर्दै रु २००० मा आजीवन डिम्याट र मेरोसेयर नविकरण गर्ने योजनाको भने म्याद २०७९ साल असार ३२ गते सम्मलाई थप गरेको छ ।

नयाँ तथा पुराना ग्राहकहरु दुबैलाई लागु हुने यस योजनामा सहभागी भई डिम्याट र मेरोसेयर नविकरणको झन्झटबाट आजीवन मुक्त हुने एनआईबिएल एस क्यापिटल लिमिटेडको भनाई रहेको छ । थप जानकारीको लागि, एनआईबिएल एस क्यापिटल लिमिटेडको वेवसाईट www.niblcapital.com तथा मुख्य कार्यलय – फोन नम्बर: (०१–४४२५२८०) मा सम्पर्क गर्न सकिने छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी