
- अर्थ सरोकार सम्बददाता
काठमाडौं । बैंक अफ काठमाण्डूले १ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले मंसिर २४ गतेदेखि उक्त रुपैयाँ बराबरको प्रतिइकाई १ हजार रुपैयाँ दरमा १६ लाख इकाई ऋणपत्र बिक्री खुला गर्न लागेको हो ।बैंकले १० वर्ष अवधिको ‘बीओके डिबेन्चर–२०८६’ जारी गर्न लागेको हो ।
जसमध्ये ६ लाख ४० हजार इकाई सर्वसाधारणका लागि खुला गरिने छ भने बाँकी ९ लाख ६० हजार इकाईबैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ । लगानीकर्ताले मंसिर २८ गतेसम्म सो ऋणपत्रमा आवेदन दिन सक्नेछन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा पुष ८ गतेसम्म भर्न पाइनेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन पाइनेछ । यस ऋणपत्रको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एन्ड बैकिङ लिमिटेड हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्