विराटनगर । सदस्यको नक्कली हस्ताक्षर गरी रकम निकाल्ने कर्मचारी पक्राउ परेका छन् । सुन्दरहरैंचा नगरपालिकास्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको ४६ लाख ८७ हजार ९ सय ८५ रुपैयाँ हिनामिना गरेको आरोपमा संस्थाका कर्मचारी विवेक खवास पक्राउ परेका हुन् ।
सुन्दरहरैंचा नगरपालिका-७ गोठगाउँ बस्ने २४ वर्षीय विवेक खवासलाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको हो । उनीमाथि ४६ लाख ८७ हजार ९ सय ८५ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । छानबिन समितिले भने ४६ लाख ८७ हजार ९ सय ८५ रुपैयाँ हिनामिना गरेको प्रतिवेदन तयार पारेको छ भने खवासले ३१ लाख रुपैयाँ मात्र हिनामिना गरेको स्वीकार गरेका छन् । संस्था संचालक समितिले खवासलाई बर्खास्त गरेर संचालक समिति सचिव यमप्रसाद सिग्देलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिको सदस्यमा लेखा समिति संयोजक युवराज आचार्य र लेखा प्रमुख विराटचन्द्र पोखरेल थिए ।
खवासले बचतकर्ताको कागजातमा आफैँ नक्कली हस्ताक्षर गरेर लाखौं रकम हिनामिना गरेको आरोप संचालक समितिले लगाएको छ । सफ्टवेयरको प्रयोगबाट कारोबार हुने गरे पनि उनले सफ्टवेयरको प्रयोग नै नगरी नक्कली कागजात बनाई रकम हिनामिना गरेको छानबिनबाट खुलासा भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्