काठमाडौं । नागरिक लगानी कोषद्वारा संचालित विभिन्न कार्यक्रमका सहभागीहरुलाई प्रदान गरिने ब्याजदरमा बृद्धि गरिएको छ । २०७९ साउन १ देखि लागु हुने गरी कर्मचारी बचत बृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरुलाई बार्षिक ८ प्रतिशतका दरले ब्याज रकम प्रदान गरिने भएको छ ।
यस अघि कोषले यसै कार्यक्रमका ३ लाख भन्दा बढि सहभागीहरुलाई २०७७ असारको नाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने निर्णय गरेको थियो । त्यसै गरी कोषद्वारा संचालित उपदान, लगानीकर्ता र नार्क वीमा कार्यक्रममा पनि १ दशमलब ५ प्रतिशतका दरले थप प्रतिफल दिने निर्णय गरेको छ । यस्तो प्रतिफल २०७८ असार मसान्तमा मौज्दात रहेको रकमलाई आधार मानी प्रदान गरिने छ । उक्त अवधिमा यी कार्यक्रममा कायम रहेका सबै सहभागीहरुको कोषमा रहेको खातामा कोषको साधारण सभा सम्पन्न भए पछी जम्मा गरिने व्यवस्था मिलाइएको छ ।
कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार उपदान तथा लगानीकर्ता कार्यक्रममा सम्बन्धित कार्यालयको शिफारिसमा ब्याक्तिगत खाता खोलिएको भए ब्यक्तिगत खातामा उक्त प्रतिफल राख्ने र ब्याक्तिगत खाता नखोलिएको भए सम्बन्धित कार्यालयको खातामा उक्त प्रतिफाल राख्ने व्यवस्था कोषले गरेको छ । यस्तो प्रतिफल उपदान कार्यक्रममा ४० करोड ५० लाख रुपैया र लगानीकर्ता कार्यक्रममा १० करोड ६२ लाख रुपैया गरी ५१ करोड १२ लाख रुपैँया प्रदान गर्नुपर्ने हुन आउँछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्