×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकद्वारा हरिहर मन्दिरलाई कुर्ची हस्तान्तरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कामना सेवा विकास बैंकद्वारा हरिहर मन्दिरलाई कुर्ची हस्तान्तरण

Artha Sarokar

३१ असार २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय गोङ्गबु मार्फत काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. ०६ धापासी स्थित हरिहर मन्दिरलाई मिति २०७९ साल आषाढ ३० गते बिहीबार कुर्चीहरु हस्तान्तरण गरेको छ । उक्त कुर्चीहरुले मन्दिर दर्शन गर्न आउने भक्तजनहरुलाई बस्नको लागि सहज होस् भन्ने उद्देश्यका साथ प्रदान गरेको हो ।

बैंकको काठमाडौं क्षेत्रका क्षेत्रीय प्रमुख केदार नाथ शर्माले हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दामोदर ढकाललाई उक्त कुर्चीहरु हस्तान्तरण गरेका थिए । कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अन्य सदस्यहरु, स्थानीयहरुका साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी