×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्जा सूचना केन्द्रले राख्यो १० दिनमा ६ वटा सहकारी संस्थालाई कालोसूचिमा, यस्तो छ कारण !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कर्जा सूचना केन्द्रले राख्यो १० दिनमा ६ वटा सहकारी संस्थालाई कालोसूचिमा, यस्तो छ कारण !

Artha Sarokar

२ श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कर्जा सूचना केन्द्रले असार २० देखि ३० गतेसम्ममा थप ६ वटा सहकारी संस्थालाई कालो सूचिमा राखेको छ । बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तिर्ने नसकेपछि सहकारीहरुलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो ।  केही सहकारीले भने  राष्ट्रिय सहकारी बैंकबाट लिएको ऋण तिर्न नसकेका कारण कालोसूचीमा परेका हुन् ।

कालो सूचिमा पर्ने सहकारीहरु क्रमश वेल्हम्स् (WELHAMS) बचत तथा ऋण सहकारी संस्था, साथीभाई बचत तथा ऋण सहकारी संस्था लिमिटेड, अनुरोध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इम्मानुअल  (EMMANUAL) बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रमिषा (PRAMISHA)  बचत ऋण सहकारी संस्था लिमिटेड र नुवागाउँ साना किसान कृषि सहकारी संस्था लिमिटेड कालो सूचिमा परेका छन् । संस्थासँगै संस्थाका सञ्चालहरु पनि कालो सूचिमा परेको  जनाइएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी