Skip to content
LAXMI SUNRISE BANK

एक्सेल डेभलपमेन्ट बैंकले दुई कम्पनीको ५५ हजार ५२० कित्ता संस्थापक सेयर लिलामीमा ल्याउँदै, कहाँबाट दिने आवेदन ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो स्वामित्वमा रहेको २ कम्पनीको ५५ हजार ५२० कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गर्ने भएको छ । बैंकले आरएमडीसी लघुवित्तको २५ हजार ५२० कित्ता र ग्रामीण विकास लघुवित्तको ३० हजार कित्ता सेयर मंसिर २१ गतेबाट लिलामीमा बिक्री खुला गर्ने भएको हो । 
आरएमडीसीको न्यूनतम मूल्य प्रतिकित्ता ४८५ रुपैयाँ र ग्रामीणको २६९ रुपैयाँ तोकिएको छ । बैंकको उक्त सेयरमा पुस ५ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ । प्रभु क्यापिटल कमलादी काठमाडौं र एक्सेल डेभ्लपमेन्ट बैंकको केन्द्रीय कार्यालय विर्तामोड झापाबाट पनि आवेदन दिन सकिने बैंकले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK