×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकको मोबाईल बैकिङ स्तरोन्नति भई ‘डिजि बटुवा’ मा परिणत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गरिमा विकास बैंकको मोबाईल बैकिङ स्तरोन्नति भई ‘डिजि बटुवा’ मा परिणत

Artha Sarokar

८ श्रावण २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गरिमा विकास बैंकले आजको डिजिटल युगमा प्रविधिको विकास र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै थप सेवा सुविधा सहित पुरानो मोबाईल बैकिङ एपलाई नयाँ ओम्नी च्यानल डिजिटलमा स्तरोन्नति गरेको छ । यससँगै, अब यस विकास बैंकको मोबाईल बैकिङ एपको नाम ‘गरिमा स्मार्ट’ बाट परिवर्तन भई ‘डिजि बटुवा’ भएको छ ।

‘डिजि बटुवा’ अन्तर्गत यस विकास बैंकका ग्राहकहरुले ‘एपमा र वेबमा पनि’ एउटै युजरनेम र पासवर्ड प्रयोग गरि विभिन्न सुविधाहरु जस अन्तर्गत सजिलै पैसा ट्रान्सफर, विभिन्न बिल भुक्तानीहरु (जस्तैः विजुलीको विल, टेलिफोनको विल, ईन्टरनेटको विल, ट्राफिक चिट आदि), मोबाईल टप-अप, बैंक ईस्टेटमेन्ट, चेक ईस्टेटमेन्ट रिक्वेस्ट, क्यु.आर. पेमेन्ट ईत्यादिको सजिलै प्रयोग गर्न सक्नेछन् । साथै, स्तरोन्नती पश्चात यस विकास बैंकको मोबाईल बैकिङ एप ‘डिजि बटुवा’ अझ बढि सुरक्षित एवम् ग्राहकमैत्री भएको छ । यस विकास बैंकका ग्राहकहरुले सजिलै प्लेस्टोर तथा एपस्टोरबाट यो एप डाउनलोड गरि प्रयोग गर्न सक्नेछन्।

यस विकास बैंकले ग्राहकमैत्री प्रविधिहरु भित्राउने क्रममा पछिल्लो वर्ष पनि विना चेकबुक शाखाबाट मोबाईल बैकिङ मार्फत पैसा निकाल्न मिल्ने गरिमा स्मार्ट टेलर लिएर आएको थियो । हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवम् गुणस्तरीय बैकिङ सेवा दिदै आईरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी