×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Product Watch : एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजनामा १० लाख बचत गर्दा ‘करोडपति’ बन्ने अफर !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

Product Watch : एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजनामा १० लाख बचत गर्दा ‘करोडपति’ बन्ने अफर !

Artha Sarokar

९ श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । १० गुणासम्म प्रतिफल दिनेगरी एनआईसी एशिया बैंकले नयाँ ‘प्रोडक्ट’ बजारमा ल्याएको छ ।  ग्राहकले राखेको निक्षेप रकमको १० गुणासम्म रकम फिर्ता हुनेगरी ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक भएको हो । यसअघि पनि बैंकिङ क्षेत्रमा फरक र लोकप्रिय योजनाहरु ल्याएर आम ग्राहकको मन जित्न सफल भएको बैंकले ल्याएको योजना पनि थप लोकप्रिय हुने विश्वास बैंकले लिएको छ ।
व्यक्तिगत, संस्थागत एवं रेमिन्टेस पठाउने ग्राहकलाई लक्षित गरिएको यो योजनामा सहभागी निक्षेपकर्ताले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरेअनुसार डबल देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेगरी यो योजनाको डिजाइन गरिएको छ । अर्थात तपाईंले १० लाख रुपैयाँ बैंकमा राखेर १९ बर्ष १० महिना कुर्छु भन्नुभयो भने तपाईंलाई बैंकले सो अवधि सकिएको मितिमा रु १ करोड फाइदा दिन्छ । तपाईंले १९ बर्ष धेरै भयो, म थोरै अवधिका लागि पैसा राख्छु भन्नुभयो भने ५ बर्ष १० महिनासम्म सो १० लाख राख्नुभयो भने त्यसको डबल रकम तपाईंले फिर्ता पाउनुहुनेछ ।
‘सोच बदलौँ, आफ्ना सन्तानका बारे सोचौँ’
यसो त धेरैलाई लाग्न सक्छ, त्यत्रो समय कसरी कुर्नु ? तर यो योजना विशेषगरी आफ्ना सन्तानका लागि निकै उपयोगी छ । तपाईंले अहिले आफ्ना छोरा-छोरीको नाममा १० लाख रुपैयाँमात्र जम्मा गरिदिनु भयो भने १९ बर्ष १० महिनामा सो रकम १ करोड हुन्छ । त्यहि रकममध्ये तपाईंलाई आवश्यकता परिनै हाल्यो भने पनि तपाईंले ८ लाख रुपैयाँसम्म त्यहीँबाट ऋण लिन सक्नुहुनेछ । आफुलाई निकै आवश्यक पर्दा ऋणसमेत लिन पाइने र आफ्ना छोराछोरीका लागि बचत पनि हुने हुनाले यो योजना विशेषगरी आफ्ना सन्तानका लागि निकै उपयोगी छ। र त समयभन्दा पनि भविष्य हेर्नेगरी ‘सोच बदल्न जरुरी छ’ भन्ने तथ्य पनि यो योजनाले सिकाएको छ।
उल्लेखनीय सहभागीता, तपाईं छुट्नु भयो कि ?   
हुन त यस अघि बैंकले ल्याएको योजनामा पनि ग्राहकको उल्लेखनीय सहभागीता थियो । यसअघि बैंकले ल्याएको ५ वर्षसम्म कुल ८४ लाख रुपैयाँसम्मको बीमा सुनिश्चित गर्ने, सर्वाधिक उच्च ब्याजदर, तीन बीमासम्बन्धी सर्वश्रेष्ठ फाइदा, तीन कर्जासम्बन्धी फाइदा र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदा गरी २४ सर्वश्रेष्ठ फाइदा रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनामा पनि ग्राहकको सहभागीता निकै उत्साहजनक थियो । अहिलेको यो नयाँ योजनामा पनि ग्राहकहरुको सहभागीता उत्साहप्रद रहेको बैंकले जनाएको छ । विशेषगरी आफ्ना छोराछोरीका लागि बचत गरिदिने भन्दै धेरै ग्राहकले यो योजनामा सहभागीता जनाईरहेका छन् । सहज प्रक्रिया भएकाले पनि एनआईसी एशिया बैंकको यो योजनामा ग्राहकको सहभागीता संख्या ह्वात्तै बढेको पाइएको छ।
यो योजनामा सहभागी हुन के गर्ने ?
एनआईसी एशिया बैंकले ल्याएको यो नयाँ मुद्दती योजनाको सेवा लिन सहज छ । सेवा सेवाग्राहीले मुलुकभर छरिएर रहेका ३५९ शाखा कार्यालयबाट यो सेवा लिन सक्नेछन् । आफ्नो नजिकको कार्यालयमा गएर यस विषयमा थप विस्तृत विवरणसमेत लिन सकिन्छ भने अनलाइनमा एनआईसी एशिया बैंकको वेवसाइटमार्फत पनि यो योजनाबारे जानकारी लिन सकिन्छ । एनआईसी एशियामा खाता नभएकाहरुका लागि वेवसाइटबाट नै निकै सजिलोगरी खाता खोल्न सकिने व्यवस्था बैंकले गरिदिएको छ । हालसम्म ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ शाखारहित बैंकिङ्गमार्फत सेवा प्रदान गर्दै मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकमा जुनसुकै उमेर समूहका ग्राहकले सहभागीता जनाउन सक्नेछन् ।
देशको कुल जनसङ्ख्या मध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसङ्ख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन सफल भएको बैंकले ल्याएको यो योजनामा पछिल्लो समय देशका अधिकांस ठाउँका ग्राहकहरुले सहभागीता जनाईरहेका छन् । ग्राहकको सहभागीतालाई ख्याल गर्दै बैंकले यो योजनालाई साउन मसान्तसम्म लागु हुनेगरी व्यवस्था गरेको छ । देशको कुल जनसङ्ख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालय स्थापना गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी