काठमाडौं । बनेपाका उमेश मानन्धर नेपालकै उत्कृष्ट मेकानिक घोषित भएका छन् । सिप्रदी अटोपार्टस् प्रा.लि र टाटा मोटर्स् लिमिटडले आयोजना गरेको मेकानिकहरुको सीप र क्षमताको प्रतिस्पर्धामा मानन्धर उत्कृष्ट बन्न सफल भएका हुन् । प्रतिस्पर्धामा बुटवलका अम्बर गुरुङ दोस्रो र काठमाडौंका डेम लामा तेस्रो भएका छन् । प्रतियोगिता लिखित र मौखिक दुई चरणमा आयोजना गरिएको थियो । पहिलो चरणमा २०० र दाश्रो चरणमा ३० जना प्रतिस्पर्धीको सहभागीता रहेको थियो ।
टाटा मोटर्स्का सवारी साधनहरुलाई देशको जुनसुकै स्थानमा जुनसुकै समयमा मर्मतसंभार सहज रुपमा प्राप्त होस् भन्ने उदेश्यले स्थानीय मेकानिक्सहरुसँग सहकार्यमा विभिन्न कार्यहरु अगाडि बढाइरहेको छ । जसमध्ये टाटा गुरु कार्यक्रम एउटा महत्वपूर्ण कार्यक्रम रहेको र तिनै टाटा गुरुहरुलाई आवश्यक तालिम, ज्ञान र क्षमता अभिवृद्धी गराउँदै पनि आएको कम्पनीको भनाइ छ । बजारमा रहेका टाटा गुरुहरुको क्षमताको परीक्षण गरी आवश्यक सुधार गर्नुपर्ने ठाउँको पहिचान गर्नका निमित्त प्रतिष्पर्धा आयोजना गरिएको कम्पनीले जनाएको छ ।
सिप्रदी अटोपार्टस् प्रालिका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले यस प्रतिष्पर्धालाई टाटा गुरुहरुको क्षमताको प्रतिष्पर्धा गर्ने कार्यक्रमको नाम गुरुक्षेत्र राखिएको बताए ।यस प्रतिष्पर्धाबाट उत्कृष्ट तीन जनालाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पठाइने कुरा उनी बताउँछन् । ३०० भन्दा बढी मेकानिक्सहरुको सहभागीता रहेको उक्त कार्यक्रममा अन्य विभिन्न क्षेत्र र विधामा पनि उत्कृष्टता हासिल गर्ने टाटा गुरुहरु पुरस्कृत भएका छन् । चितवनको सेभेन स्टार होटलमा आयोजना गरिएको उक्त कार्यक्रममा सिप्रदी ग्रुप अफ कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले सबै टाटा गुरुहरुको क्षमता अभिवृद्धीको जिम्मेवारी सिप्रदीले लिने बताएका हुन् ।
कार्यक्रममा सिप्रदी ग्रुप अफ कम्पनीका प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरी, टाटा मोटर्सका तर्फबाट इन्टरनेशनल विजनेस हेड निलकुमार मिश्रले उत्कृष्ट बन्न सफल तीन जनालाई अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सफलताका लागि शुभकामना समेत दिएका थिए । कार्यक्रममा सहभागी मेकानिक्सहरुले टाटा मोटर्स्ले आफूहरुलाई उचित सम्मानका साथ सहकार्यको प्रतिवद्धता गरेकोमा खुसी रहेको बताएका थिए । प्रतिष्पर्धामा देशभरका १ हजार २०० भन्दा बढी मेकानिकहरुको सहभागिता रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्