काठमाडौँ । खल्तीको ५२ दिनको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर सफलतापूर्वक सम्पन्न भएको छ । आफ्ना प्रयोगकर्ताहरूका लागि २०७९ जेठ १२ गतेदेखि असार ३२ गतेसम्म आयोजना गरेको जात्रामा ५ लाख भन्दा बढी प्रयोगकर्ताले १ करोड भन्दा बढी संख्यामा कारोबार गरेका छन् ।
डिजिटल भुक्तानी प्रति ग्राहकहरुलाई आकर्षित गर्ने उदेश्यका साथ खल्तीले समय समयमा आफ्ना प्रयोगकर्ताकालागि विभिन्न आकर्षक अफरहरू प्रदान गर्दै आईरहेको कम्पनीले बताएको छ । यहि शैलीलाई जारी राख्दै खल्तीले करोड बराबरको अफरको रुपमा ‘द बिगेस्ट पेमेन्ट जात्रा’ आयोजना गरेको थियो।
‘यस अफर अन्तर्गत खल्ती प्रयोगकर्ताहरूले सहभागिता जनाई क्यस्ब्याक तथा थुप्रै उपहारकाको फाइदा लिएका थिए र हरेक दिन १ बजे देखि सुरु हुने फायरसेल अन्तर्गत २ लाख भन्दा बढी प्रयोगकर्ताहरू लाभान्वित भएका थिए जसमा ५०५ सम्म क्यास्ब्याक प्रदान गरिएको थियो। ‘ खल्तीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । अफरको आकर्षक केन्द्रबिन्दुको रूपमा रहेका ३ वटा ‘बजाज पल्सर एनएस १६० एबिएस’ तिन भाग्यशाली बिजेताले लकि ड्र मार्फत प्राप्त गरेको कम्पनीले जनाएको छ ।
साथै, अफरमा सहभागिता जनाउने ७६ भाग्यशाली प्रयोगकर्ताहरूले पुरस्कार स्वरूप समग्रमा ७ वटा इलभ एगिक को ४३ इन्चको स्मार्ट टि.भी, १४ वटा स्मार्ट फोन, ५२ वटा फ्लाइट टिकट रू. १ मा, ५२ वटा स्मार्टब्याण्ड लकि ड्र मार्फत प्राप्त गरेको कम्पनीले बताएको हो । खल्तिले बिजेता छनौट प्रकृयालाई पारदर्शी बनाउनका लागि हरेक हप्ता फेसबुक लाइभ मार्फत बिजेता घोषणा गर्ने गरेको समेत बताएको छ ।
सातौँ हप्ताको लाइभमा खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काको उपस्थिति मा ‘द बिगेस्ट पेमेन्ट जात्रा’ मा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागीता जनाउने सबै प्रति कृतज्ञता प्रदान गर्दै सम्पन्न भएको र आगामी दिनमा पनि डिजिटल भुक्तानी प्रति सबै नेपालीलाई प्रोत्साहित गर्न खल्तिले थुप्रै रोमान्चक अफर र पुरस्कारहरु आफ्ना प्रयोगकर्ता माझ ल्याउने प्रतिवद्धता जनाएको छ ।