काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका पूर्व कामु सीइओ जीवन भट्टराईले बैंकको स्वार्थ समूहले आफुलाई एमएम रेमिट प्रकरणमा फसाएको दाबी गरेका छन् । आफुले न्यायका निम्ति लड्दै गर्दा अपेक्षा गरिएका कसैले पनि साथ नदिएको भन्दै अर्थ सरोकारको कार्यालयमा आएका भट्टराईले आफुलाई गर्दै नगरेको कामको दोष थोपरेर आफ्नो करियर बिगार्न सेञ्चुरीका केहि व्यक्तिहरु लागिपरेकोसमेत आरोप लगाएका छन् ।
अर्थ सरोकारसँग कुराकानी गर्दै उनले सेञ्चुरी कमर्सियल बैंक आफुले खोलेको बैंक भएर पनि बैंकमा अध्यक्ष र केहि स्वार्थ समूहको काम आफुले नगरिदिंदा आफुलाई फसाइएको र त्यसका लागि विभिन्न व्यक्तिले अख्तियारीको चरम दुरुपयोग गरेकोसमेत आरोप लगाएका छन् ।

एमएम रेमिटसँगको हिसाबकिताब बिग्रिएपछि नेपाल राष्ट्र बैंकले जीवन भट्टराई र अर्का एक कर्मचारीको हेल्च्येक्राई भएको भन्दै सो रकम असुलउपर गर्न पत्र काटेपछि बैंकले सो पत्र भट्टराई र अर्का एक कर्मचारीलाई दिएको थियो । अहिले दुबैजना आफुले गल्ती काम नगरेको कानुनी लडाईमा छन् । तर बैंकले बदनियत राखेर आफ्नो करियर बिगारिदिन खोजेको आरोप भट्टराईको छ ।

बैंकले सो सम्झौता तत्कालीन सीइओ अनुजमणि तिमिल्सीनाबाट गराएको, त्यसको नवीकरण, तुलसीराम गौतमबाट गराएको, कारोबार ‘अप्रुभ’ पनि अरुले नै गरेको अवस्थामा आफुलाई फसाइएको दाबी गर्छन् । एमएम रेमिटले पैसा दिन्छु भन्दा पनि बैंकले आफुलाई ‘सिध्याउन’ उसको साथ दिएर आफुलाई पेल्न खोजेको भट्टराईको दाबी छ ।
यसो त भट्टराईविरुद्ध राष्ट्र बैंकमा थुप्रै उजुरीहरु पनि परेका थिए । तर भट्टराई ती उजुरी बैंककै टिमले तयार गरी बेनामे रुपमा राष्ट्र बैंक पठाएको आरोप लगाउँछन् । आखिर के हो त एमएम रेमिट प्रकरण ? भएको के हो ? भट्टराईले के के गरे ? अव के हुन्छ ? हामीले यी र यीनै विषयमा सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका पूर्व कामु सीइओ भट्टराईसँग संवाद गरेका छौँ । बाँकी भिडियोमा :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्