काठमाडौँ । नेपालमा पछिल्लो सयम प्लाष्टिकजन्य बस्तुको प्रयोग बढ्दो छ । नागरिकको दैनिकीमा अहिले सबैभन्दा बढी प्रयोग हुने वस्तुका रुपमा पनि प्लाष्टिकलाई लिने गरिन्छ । हुँदाहुँदै पछिल्लो केही वर्षदेखि चाडपर्वमा मालाका रुपमा पनि प्लाष्टिकको प्रयोग गरिन थालिएको छ । प्लाष्टिक नकुहिने वस्तु भएकोले यसको दुरगामी असलाई ध्यानमा राख्दै सरकारले देशभर प्लाष्टिकका मालाको उत्पादन, आयात तथा बिक्रिवितरणमा पूर्ण रुपमा रोक लगाएको छ ।
साउन १२ गते बिहिबार राजपत्रमा सूचना प्रकाशित गर्दै वन तथा वातावरण मन्त्रालयले देशभर फूलको मालामा प्रतिबन्ध लगाउने निर्णय गरेको जनाएको हो । ‘नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्रि वितरण सा भण्डारण गर्न पूर्णरुपमा रोक लगाउने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ ।’– राजपत्रमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
मन्त्रालयले नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी यस्तो निर्णय गरेको सोही सूचनामार्फत जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्