काठमाडौँ । आँखुखोला जलविधुत् कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ करोड ४८ लाख रुपैँया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गर्दै कम्पनीले अघिल्लो आर्थिक वर्षको भन्दा खुद नाफामा उल्लेख्य वृद्धि भएको जनाएको छ । अघिल्लो आथिृक वर्षमा कम्पनीको नाफा १० लाख ५२ हजार मात्रै थियो ।
समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १५.१९ प्रतिशत बढेर २२ करोड २९ लाख रुपैयाँ पुगेको छ । कुल नाफाान ११.६८ प्रतिशतले वृद्धि हुँदा सञ्चालन मुनाफा भने १५.०२ प्रतिशत बढेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २ रुपैयाँ ९७ पैसा बढेर ३ रुपैयाँ १० पैसा पुगेको छ ।
असार मसान्तसम्ममा ८० करोड चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने २३ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।