×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसइइ उत्तीर्ण विद्यार्थीलाई इसेवाको बम्पर सुविधा, स्कोलरसिपमा अध्ययन गर्न पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एसइइ उत्तीर्ण विद्यार्थीलाई इसेवाको बम्पर सुविधा, स्कोलरसिपमा अध्ययन गर्न पाइने

Artha Sarokar

१७ श्रावण २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले एसईई परीक्षा उत्तिर्ण गरेका विद्यार्थीलाई बम्पर अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत एक हजार जना विद्यार्थीले नेपालका विभिन्न कलेजमा शत प्रतिशत ‘स्कोलरसिप’ मा अध्ययन गर्न पाउने कम्पनीले जनाएको छ ।

यसका लागि विद्यार्थीहरुले ईसेवाको एकाउन्ट खोलेको हुनुपर्नेछ । त्यसपछि ईसेवा एपमार्फत आफूले अध्ययन गर्न चाहेको कलेज र पढ्न चाहेको विषय रोज्नु पर्नेछ । विद्यार्थीले १० रुपैयाँ तिरेर आवेदन दिन सक्नेछन् र त्यसमा १० प्रतिशत क्यासब्याक पाउनेछन् ।

यस योजनामा सहभागी हुन विद्यार्थीले आफ्नो वास्तविक मार्कसिट र चारित्रिक प्रमाणपत्र समावेश गर्नुपर्नेछ । कुन कलेजमा पढ्ने भन्ने कुरा ब्लग डट इसेवा डटकम डट एनपीमा हेर्न सकिनेछ । हाल एण्ड्रोइड मोबाइलमा ५२ लाख र आईओएसमा करिब १० लाख गरी ६० लाख बढीले सेवा लिइरहेको कम्पनीको दावी छ ।

ईसेवाबाट इन्स्योरेन्सको प्रिमियम, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाई जहाज, बसको टिकट, स्कुल कलेज लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

ईसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन् । यी बैंकबाट ईसेवामा सहजै रकम जम्मा गर्न तथा ईसेवाबाट बैंक खातामा पठाउन सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी