×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अभियान लघुवित्त वित्तीय संस्थाको आइपीओ निष्कासन, आवेदन दिन के गर्ने ?

PRIME CA

अभियान लघुवित्त वित्तीय संस्थाको आइपीओ निष्कासन, आवेदन दिन के गर्ने ?

अर्थ सरोकार

१८ श्रावण २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधरण सेयर आइपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ९ करोड ७५ लाख रुपैयाँको ९ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको हो । जसमा ४८ हजार ७५० कित्ता सामुहीक लगानी कोष र १२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।

बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आइपीओमा न्यूनतम १० देखि अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आइपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ १ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले सि–आस्वा प्राप्त सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: