काठमाडौं । दक्षिण कोरियाका लागि नेपाली राजदूतमा प्रा.डा. ज्योति प्याकुरेल भण्डारी नियुक्त भएकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रा.डा. प्याकुरेललाई राजदूत नियुक्त गरेकी हुन् । बुधबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्याकुरेललाई गणतन्त्र कोरियाका लागि नेपालको आवसिय राजदूत पदमा नियुक्त गरिएको जनाएको ।