×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकले २ अर्ब ८३ करोड बढी नाफा कमायो, प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८७ पैसा, लाभांश क्षमता कति ?

PRIME CA

मेगा बैंकले २ अर्ब ८३ करोड बढी नाफा कमायो, प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८७ पैसा, लाभांश क्षमता कति ?

अर्थ सरोकार

२१ श्रावण २०७९, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मेगा बैंक लिमिटेडले गत आर्थिक बर्षमा ३ अर्व ८३ करोड नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले अघिल्लो बर्षको तुलनामा नाफा बढाएर २ अर्व ८३ करोड नाफा कमाएको हो । अघिल्लो वर्ष बैंकको नाफा २ अर्ब ४३ करोड रहेको थियो ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ६३ करोड गरेको जनाएको छ । यसबाट बैंकको लाभांश क्षमता १० प्रतिशत हुन आउँछ । सार्वजनिक भएको विवरण अनुसार बैंकको असार मसान्तसम्मको निक्षेप १ खर्ब ५३ अर्ब छ । यस्तै बैंकको कर्जा १ खर्ब ४७ अर्ब रहेको विवरणमा उल्लेख छ । अघिल्लो वर्ष असार मसान्तसम्ममा बैंकको निक्षेप १ खर्ब ३६ अर्ब थियो भने कर्जा १ खर्ब ३६ अर्ब कर्जा थियो ।
बैंकको खराब कर्जा अनुपात ०.७४ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ८९.०५ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १७.५७ रुपैयाँ छ भने बेसरेट १०.०१ प्रतिशत छ । यता बैंकको स्प्रेडदर भने ४.३६ प्रतिशत छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: