काठमाडौँ । प्रभु क्यापिटलले ‘आशा’ नामको जनचेतनामूलक भिडियो सावर्जनिक गरेको छ । बालबालिकाहरुको उज्जवल भविष्यको लागि शिक्षा अनिवार्य आवश्यकता भएको हुँदा प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रहेर ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा विभिन्न जिल्लाहरुमा शिक्षाको पहुँचबाट कोही पनि वञ्चित नरहुन भन्ने उद्देश्यका साथ बालदिवसको शुभ अवसर पारेर ‘प्रभु लिटिल च्याम्प्स पिएमएस’ योजना शुरुवात गरेको हो ।
यसै विषयलाई लिएर हाल यस भिडियोमा मुख्य पात्र आशा जस्तै कैयौं लगानीकर्ताहरुले, जसले प्रभु क्यापिटलको पिएमएसबाट सेयर बजारमा लगानी गरिरहेका कारणले थुप्रै बालबालिकाहरुले पूर्ण छात्रवृतिमा अध्ययन गरिरहेका छन् र प्रभु क्यापिटलले यो संख्या दिनप्रतिदिन थपिदै गएको जानकारी दिएको छ ।
यस भिडियोमा व्यवसायसँगै संस्थागतरुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले शुरुवात गरेको प्रभु क्यापिटलले यो योजनामा जोडिएर व्यक्तिले आफ्नो छोराछोरीको उज्जवल भविष्यका साथ सामाजिक कार्यमा सहयोगी बन्न सक्छन् भन्ने जानकारी दिएको छ ।
प्रभु क्यापिटलको यो लिटिल च्याम्प पिएमएस भर्खरै जन्मिएका बच्चादेखि १८ वर्षसम्मका छोरा/छोरीहरुको सुरक्षित भविष्यको लागि शुरु गरेको हो जसमा नानीबाबुहरु पिएमएस सेवा लिनको लागि जोडिए पश्चात क्यापिटलले एक पिएमएस वापत १ जना गरीब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने छ ।
प्रभु क्यापिटलको नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्यभरी रहेको शाखाका साथै प्रभु क्यापिटलको डिजिटल एपबाट समेत यो योजनामा सहभागी हुन सक्नेछन् । यसरी सहभागी भएका सेवाग्राहीहरुले आफ्नो लगानी व्यवस्थापन के कसरी भइराखेको छ भनेर अनलाइनबाटै दैनिक हेर्ने व्यवस्था मिलाउनुका साथै साप्ताहिक रुपमा दिइएको इमेलमा साप्ताहिक प्रतिवेदन प्राप्त गरी लगानीको अवस्था हेर्ने व्यवस्था मिलाइएको क्यापिटलले जनाएको छ ।
भिडियो ‘आशा’ प्रभु क्यापिटलको यस लिंकमा गई हेर्न सकिन्छ । https://www.youtube.com/watch?v=-eEUZdtsCB0&t=8s
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्