×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफ इन्स्योरेन्स घाटामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल लाइफ इन्स्योरेन्स घाटामा

Artha Sarokar

२७ श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स घाटामा गएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै इन्स्योरेन्स ३५ करोड २७ लाख रुपैयाँ नोक्सानी बेहोर्नु परेको जनाएको हो । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा ५३ करोड ५९ लाख रुपियाँ खुद नाफा कमाएको थियो ।

गत वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सको खुद बीमा शुल्क भने ९.४४ प्रतिशतले बढोत्तरी भएको छ । इन्स्योरेन्सले सो अवधिसम्ममा जीवन बीमा धितोबापत २४ अर्ब ७६ करोड ९६ लाख रुपियाँ कर्जा प्रवाह गरेर २ अर्ब ३८ करोड ९० लाख रुपियाँ आर्जन गरेको छ भने प्रतिशेयर आम्दानी (ईपीएस) ४ रुपियाँ ३० पैसा रहेको छ । त्यस्तै इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १७३ रुपियाँ ८२ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी