×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ, ८ दिन कैद र ४२ लाख जरिवाना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ, ८ दिन कैद र ४२ लाख जरिवाना

१ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । रामेछाप जिल्ला मन्थली नगरपालिका वडा न.७ घर भई हाल काठमाडौँ महानगरपालिका वडा न. १० बस्ने ३९ वर्षिय निरज बुढाथाकी सो कसुरमा पक्राउ परेका हुन् ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी सेन्चुरी बैंक लिमिटेड, शाखा कार्यालय कोटेश्वर काठमाडौंमा रहेको निजको खाताबाट रकम भुक्तान हुने भनि चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।

उच्च अदालत पाटनले उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ८ दिन कैद र ४२ लाख जरिवाना सुनाएको थियो । उनलाई कोटेश्वर काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरि अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी